प्रदेशस्तरीय अपाङ्गताका नीति नियमका बिषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न, सुदूरपश्चिम प्रदेश
मिति २०८०/०६/२४ गतेका दिन परिलक्षित सस्थाको आर्थिक सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको आयोजना र राष्ट्रिय मानव अधिकार आयोग शुदुर पश्चिम प्रदेशको समन्वय सहकार्यमा आयोजित शुदुर पश्चिम प्रदेश सरकारले बनायका नीति नियन कानुनहरुको अपांगता समावेशी दृष्टिकोण बाट अध्यायन गरी सोको आधारमा कानुनको पुनरावलोकन तथा सरोकारवालाहरु संग अन्तर संबाद कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री शिवराज भट्ट ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयको छ । कार्यक्रममा शुदुर पश्चिम प्रदेशका माननीय प्रदेश सदस्य प्रकास बम, माननीय तुलसी देवकोटा, माननीय खेमा विष्ट, माननीय लक्ष्मी वि क, माननीय टीका थापा, माननीय जानकी देवी कुवर, माननीय लक्ष्मण किशोर चौधरी, मुख्य न्यायाधिवक्ता ठेकेन्द्र जोशी, राष्ट्रिय मानव अधिकार आयोग शु प का प्रमुख हरि प्रशाद ज्ञवाली, कानुन अधिकृत लक्ष्मी जोशी, कानुन अधिकृत उत्तम गौतम, UNDP शुदुर पश्चिम प्रदेशका प्रमुख बैजयन्ती गिरी, शुदुर पश्चिम विश्व विधालयका उप प्राध्यापक डा. यज्ञराज पाण्डेय,प्रदेश प्रहरी निरिक्षक देव सि भण्डारी, पत्रकार हिमाल जोशी, राजन जैगडी, धर्म सि प्रपाल, रुपा राई, भिम शाह, अनिता ढुङ्गाना, नरदिप धामी, कृष्ण भण्डारी, खडक भट्ट, विजय साउद, ईश्वर पाली, राम चन्द्र राना, रामचन्द्र जोशि , प्रिया खडका ,उर्मिला भट्ट,प्रतिमा धामी लगायत ४२ जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा परिलक्षीत सस्थाको तर्फबाट सस्थाको कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठले परिलक्षीत संस्थाले गर्दै आएका कामहरु र उपलब्धिको बारेमा प्रस्तुतिकरण गर्नु भयको थियो भने डा. यज्ञराज पाण्डेय ज्युले प्रदेशले बनायका कानुनमा अपांगताको दृष्टिकोण बाट पुनरावलोकन गरियको बारे प्रस्तुतिकरण गर्नु भयको थियो । कार्यक्रममा विभिन्न कानुनको समीक्षा गरियका विषय बस्तु उतार गरि प्रदेश सदस्यहरु बाट प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरियको छ।