Img 20231110 091341

परिलक्षित संस्थाद्धारा विरेन्द्रनगर नगरपालिकामा कार्यन्वयन गरेका क्रियापलापहरुको स्थानीय परीयोजना सल्लाहाकार समितीको टोलीद्धारा अनुगमन तथा समिक्षा

फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख निलकण्ठ खनालको नेतृत्वमा परियोजना सल्लाहाकार समितिको टोलीबाट बिरेन्द्रनगर नगरपालिकामा कार्यन्वयन गरेका क्रियापलापहरुको अनुगमन तथा मुलायांकन गरिएको छ।

जस अन्तर्गत बिरेन्द्रनगर-४ निवासी केशब रोकायको बाख्रापालन, बिरेन्द्रनगर-१ कि लक्ष्मी नेपालीले सिलाई कटाई तालिम सिक्दै गरेको र बिरेन्द्रनगर ३ कि पार्वती गौतमको नास्ता पसल अनुगमन गरिएको छ भने बिरेन्द्रनगर -७ स्थित श्री श्री कृष्ण सस्कृत तथा साधारण मा. बि सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बहिनीहरुको लागि बेड- बिस्तार सहयोग जस्ता गतिबिधिको अनुगमन गरिएको छ।

उक्त अनुगमनमा बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख नीलकण्ठ खनाल, जन स्वास्थ्य, पशु शाखा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता शाखा, गै. स.स प्रतिनिधि, नगर अपाङ्गता संजालको प्रतिनिधिहरुको सहभागी हुनुभएको थियो।

अनुगमन पछि बिरेन्द्रनगर नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा बिरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख नीलकण्ठ खनालको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र आगामी दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न र सल्लाह दिनुभएको छ।

Similar Posts

  • Forward Looking Computer Training Training Notice 2020

    Computer Training कम्पीयूटर तालिम सुरुहुने बारे सुचना ‼ सुचना ‼ सुचना परिलक्षित संस्थाद्धारा संचालन गरिदै आईरहेको क्षमता अभिवृद्धि र स्वरोजगार मुलक Computer तालिम लिन इच्छुक शारिरीक र बहिरा अपाङ्गता भएका व्यत्तिहरुलाई Computer सिक्नको लागि आवेदन फाराम यहिँ मिति : २०७६/११/२१ गते देखि २०७६/११/२९ सम्म खुला गराइएको जानकारी गराउँदछौँ । यो सुचना संग सम्बन्धित क्रियाकलापहरु, छनोट…

  • कविता प्रतियोगिता सम्बन्धी सूचना !!

    अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ । नियमहरू: पुरस्कार राशी: प्रथम पुरस्कार   — रु ८,०००/– दोस्रो पुरस्कार   — रु ५,०००/– तेस्रो पुरस्कार    — रु…

  • Ambassador of Finland to Nepal Visited Forward Looking Project Area in Kaski district

    28 September 2021. Ambassador of Finland to Nepal, His Excellency Mr. Pertti Anttinen has visited and done group of Forward Looking project area at Machhepuchhre Rural Municipality Ward No. 7, Dhampus. Forward Looking has been implementing EPP (Empowerment Program of the Persons with Disability) with the financial support of Felm Nepal (Finland Government has been…

  • Terms of Reference (ToR) for conducting Social Audit under Education Support project in Surkhet and Kailali

    Established in 2001 the Forward Looking (FL) is the national NGO working for empowerment of persons with disability in Nepal. We champion the rights of people with disability in Nepal. The FL is non-governmental, non-profit making, non-sectarian and non-political organization working mostly in disability. The organization is run and operated jointly by people with and…

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …