Img 20231130 094555

भेरिगंगा नगरपालिका परियोजना सल्लाहाकार समितिबाट परिलक्षित संस्थाले संचालन गरेको कार्यक्रमको अनुगमन

फेल्म नेपालको आर्थिक सहयोगमा, परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोराको नेतृत्वमा  भेरिगंगा नगरपालिका  मा अनुगमन तथा मुलायांकन गरिएको छ।

जस अन्तर्गत भेरिगंगा-६ का नबिन बि.क ले परिलक्षित बाट ३ महिने मोवाईल मर्मत तालिम प्राप्त गरि पसल संचालन गरेका र हाल राम्रो आन्दामी भएको बताएका थिए, भेरिगंगा -९ का खर्क बहादुर कामि, टेक बहादुर ओर,ले बाख्रापालन, भेरिगंगा-९ ठुलो जात्री कि सुस्मा परिवारले ले सिलाई कटाई तालिम सिक्दै गरेको र भेरिगंगा-९ कि मैसरा बि.क. ले  किराना पसल संचालन अनुगमन गरिएको छ भने भेरिगंगा नगरपालिका  स्थित श्री शिखर मा. बि रामघाट सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बालबालिकाहरुको लागि बेड- बिस्तार सहयोग र राउण्ड टेबल जस्ता गतिबिधिको अनुगमन गरिएको छ। त्यसैगरि भेरिगंगा नगरपालिका वाड न.९, को कार्यालयमा परिलक्षित द्वारा संचालित परियोजना अन्तर्गत कार्यगत क्षमता अभिबृधि गर्नको लागि ओ जे टि तालिम गरिरहदा विभिन्न प्रकारका निबेदन, सिफारिस लेखन जस्ता काम सिकिरहेको बताए।

उक्त अनुगमनमा भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेल, शिक्षा शाखा प्रमुख, योजना तथा अनुगमन शाखा, पशुपन्छी विकास शाखा, महिला-बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिक शाखा प्रमुख, तथा अन्य सामाजिक सस्था र पत्रकारहरु  सहभागी हुनुभएको थियो।

अनुगमन पछि भेरिगंगा नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोराको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र आगामी दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न र सकिन्छ भने सहयोग रकम बृदि गर्न सल्लाह दिनुभएको छ।

Similar Posts

  • Distribution of relief to persons with disabilities by Forward Looking

    Forward Looking has distributed relief assistance items to the needy persons with disabilities in Dhading, Kaski, Kailali, and Banke districts. Food and sanitation items were included in the relief; those were 25 kg of rice, 2 kg of pulses, 2 liters of oil, 2 kg of salt, soap, Colgate, and other items were distributed to the needy people with disabilities.

  • अपाङ्गता भएका १८ जनालाई तरकारी खेती सम्बन्धि तालिम, कृषि सामग्री पनि वितरण

    अत्तरिया – कैलालीको अत्तरियामा अपाङ्गता भएका १८ जनालाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । बुधबार परिलक्षित संस्थाले फेल्म नेपालको आर्थिक सहयोग तथा गोदावरी नगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाका अपाङ्गता भएका १२ जनाका अभिभावकसहित १८ जनालाई तरकारी खेती सम्बन्धि १ दिने तालिम प्रदान गरेको हो ।तालिममा गोदावरी नगरपालिकाकी कृषि…

  • Forward Looking Music Training Notice 2020

    27 February 2020, Lalitpur: Forward Looking has just announced Music Training notice 2020 for the persons with visually impaired. Please grab the opportunity. मिति: २०७६/११/१४ सुचना ‼ सुचना ‼ सुचना परिलक्षित संस्थाद्धारा संचालन गरिदै आईरहेको क्षमता अभिवृद्धि र स्वरोजगार मुलक म्यूजिक तालिम लिन ईच्छुक दृष्टिबिहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि सन् २०२० को योजना अनुसार आवेदन…

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …

  • Forward Looking Computer Training Training Notice 2020

    Computer Training कम्पीयूटर तालिम सुरुहुने बारे सुचना ‼ सुचना ‼ सुचना परिलक्षित संस्थाद्धारा संचालन गरिदै आईरहेको क्षमता अभिवृद्धि र स्वरोजगार मुलक Computer तालिम लिन इच्छुक शारिरीक र बहिरा अपाङ्गता भएका व्यत्तिहरुलाई Computer सिक्नको लागि आवेदन फाराम यहिँ मिति : २०७६/११/२१ गते देखि २०७६/११/२९ सम्म खुला गराइएको जानकारी गराउँदछौँ । यो सुचना संग सम्बन्धित क्रियाकलापहरु, छनोट…

  • Notice for Social Audit (Surkhet and Kailali)

               आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !! फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका ) र कैलाली जिल्ला (धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका / गौरीगंगा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, परियोजनाको सामाजिक लेखा परीक्षण गर्नुपर्ने…