Poem Competition

कविता प्रतियोगिता सम्बन्धी सूचना !!

Notice about Poem Comptetition

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस– २०२२ को सन्दर्भमा परिलक्षित संस्थाले यस संस्थाबाट छात्रवृत्ति पाएर विभिन्न विद्यालय/कलेजमा प्लस–टू देखि स्नातकोत्तर तहसम्म अध्ययनरत छात्र–छात्राहरूबीच कविता प्रतियोगिता आयोजना गर्न गइरहेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले नियमभित्र रहेर कविता पठाउनुहुन अनुरोध छ ।

नियमहरू:

  • कविता अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सशक्तीकरण, उनीहरूको शिक्षा, रोजगारी तथा राष्ट्र निर्माणमा भूमिकाजस्ता विषयवस्तुमा आधारित हुनुपर्नेछ । उल्लिखित विषयवस्तु  र भाव समेटिने खालको शीर्षक दिन सकिनेछ । तर विषयवस्तुभन्दा बाहिर रहेर लेखिएका कविता प्रतियोगितामा समावेश गरिने छैन ।
  • कविता नेपाली भाषामा लेखिएको र बढीमा १५० शब्दसम्मको हुनुपर्नेछ ।
  • कविता प्रीति (Preeti) फन्टमा शुद्ध रूपले टाइप गरिएको हुनुपर्नेछ । हातले लेखेको भएमा सादा कागजको एकापट्टि मात्र शुद्ध र प्रष्ट बुझिनेगरी लेख्नुपर्नेछ ।
  • प्राप्त कवितामध्ये पहिलो चरणमा उत्कृष्ट १० कविता छनौट गरेर छानिएका कवितालाई वाचनका लागि अवसर प्रदान गरिनेछ ।
  • छानिएकामध्ये विज्ञको निर्णयमा पहिलो, दोस्रो, तेस्रो र शान्त्वना घोषणा गरी ४ जनालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । बाँकी ६ जनालाई प्रमाणपत्र मात्र प्रदान गरिनेछ ।
  • कविता छनोट भएपछि वाचनका लागि सम्बन्धित प्रतियोगी व्यक्तिहरूलाई सूचना दिइनेछ ।

पुरस्कार राशी:

प्रथम पुरस्कार   — रु ८,०००/–

दोस्रो पुरस्कार   — रु ५,०००/–

तेस्रो पुरस्कार    — रु ३,०००/–

शान्त्वना पुरस्कार — रु २,०००/–

कविता यही मंसिर २३ गतेभित्र तलको इमेल ठेगानामा अथवा परिलक्षित संस्थाको कार्यालयमा आइपुग्नेगरी पठाउनुपर्नेछ :

    इमेल : info@flooking.org.np / laxmi.sth07@gmail.com

सम्पर्क

परिलक्षित (Forward Looking)

कुपण्डोल, ललितपुर ।

फोन नं.+977-01-5010730

Similar Posts