Img 20231110 091341

परिलक्षित संस्थाद्धारा विरेन्द्रनगर नगरपालिकामा कार्यन्वयन गरेका क्रियापलापहरुको स्थानीय परीयोजना सल्लाहाकार समितीको टोलीद्धारा अनुगमन तथा समिक्षा

फेल्म नेपालको आर्थिक सहयोगमा परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख निलकण्ठ खनालको नेतृत्वमा परियोजना सल्लाहाकार समितिको टोलीबाट बिरेन्द्रनगर नगरपालिकामा कार्यन्वयन गरेका क्रियापलापहरुको अनुगमन तथा मुलायांकन गरिएको छ।

जस अन्तर्गत बिरेन्द्रनगर-४ निवासी केशब रोकायको बाख्रापालन, बिरेन्द्रनगर-१ कि लक्ष्मी नेपालीले सिलाई कटाई तालिम सिक्दै गरेको र बिरेन्द्रनगर ३ कि पार्वती गौतमको नास्ता पसल अनुगमन गरिएको छ भने बिरेन्द्रनगर -७ स्थित श्री श्री कृष्ण सस्कृत तथा साधारण मा. बि सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बहिनीहरुको लागि बेड- बिस्तार सहयोग जस्ता गतिबिधिको अनुगमन गरिएको छ।

उक्त अनुगमनमा बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख नीलकण्ठ खनाल, जन स्वास्थ्य, पशु शाखा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता शाखा, गै. स.स प्रतिनिधि, नगर अपाङ्गता संजालको प्रतिनिधिहरुको सहभागी हुनुभएको थियो।

अनुगमन पछि बिरेन्द्रनगर नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा बिरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख नीलकण्ठ खनालको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र आगामी दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न र सल्लाह दिनुभएको छ।

Similar Posts