Ga Imge

परिलक्षितको २३ औं वार्षिक साधारण सभा सम्पन्न, मुखियाको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ । दुई दशकभन्दा लामो समयदेखि सामाजिक सेवामा सक्रिय गैरसरकारी संस्था परिलक्षित (फरवार्ड लुकिङ)को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत शनिबार संस्थाकै कार्यालय कुपण्डोलमा सम्पन्न भएको उक्त सभाले रामबहादुर मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मुखिया यसअघि उक्त संस्थाकै उपाध्यक्ष थिए ।
कार्यक्रमको पहिलो सत्रमा निवर्तमान उपाध्यक्ष राम बहादुर मुखियाले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सल्लाहकार विजय कुमार मानन्धरले शुभकामना मन्तव्य राखेका थिए । त्यसपछि संस्थाका कार्यकारी निर्देशक सूर्यबहादुर थापाले संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । कार्यकारी निर्देशक थापाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १९४ जना विद्यार्थीहरुले यस संस्थाबाट छात्रवृत्ति प्राप्त गरी विद्यालय स्तरदेखि स्नाकोत्तर तहसम्ममा अध्यायनरत थिए । तीमध्ये १५७ जना अपाङ्गता भएका विद्यार्थीहरू र ३७ जना सिमान्तकृत तथा न्युन आयस्तर भएका विद्यार्थीहरू हुन् । खासगरी अपांगता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी शिक्षाको अवसर दिलाउने तथा विभिन्न सीपमूलक तालिम दिएर रोजगार बनाउने संस्थाको ध्येय रहेको उनले बताए । थापाका अनुसार उक्त वर्ष संस्थाबाट छात्रवृत्ति पाएर पढेका २८ जनाले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरेका छन् । हालसम्म यो संख्या २६० पुगेको उनले बताए । परिलक्षित संस्थाको आर्थिक सहयोगमा १२२ अपाङ्गता भएका व्यक्तिहरुले साना व्यवासायहरु सञ्चालन गरिरहेका छन्,’ उनले भने, ‘जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिहरु आर्थिक क्रियाकलापमा संलग्न भएका छन् । निजहरुको आम्दानीबाट उनीहरुको परिवारको दैनिक घर खर्च, बालबालिको शिक्षा, स्वास्थ उपचार लगायत आधारभुत आवश्यकता परिपूर्तिमा सहयोग पुगेको छ ।’ यसरी अपाङ्गता भएका व्यक्तिहरू रोजगारीमा संलग्न हुँदा उनीहरुमा आत्मसम्मानको अनुभूति हुनुका साथै परिवार तथा समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउन सहयोग पुगेको उनले बताए ।कार्यक्रममा संस्थाका निवर्तनमान कोषाध्यक्ष भरत श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए । साथै यस संस्थाबाट छात्रवृत्ति प्राप्त गरेर अध्ययन गरेका र हाल रोजगारी तथा आर्थिक क्रियाकलापमा संलग्न रहेका राधिका पोखरेल र गंगा छन्त्यालले आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए । संस्थाका निवर्तनमा सचिव तिलक बहादुर प्रजाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सा शर्मा हमालले मन्तव्य राखिन् । त्यसपछि दोस्रो सत्र सञ्चालन गर्दै हमालले कार्यसमिति विघटन भएको जानकारी दिइन् । साथै कार्यव्यस्तताका बाबजुद आफूहरुले यस संस्थालाई लामो समयदेखि योगदान दिएको र अब नयाँ कार्य समितिमा आफूहरू नरहने जानकारी गराइन् ।

सो क्रममा नयाँ कार्यसमिति चयन गरियो । जसमा संस्थाका निवर्तमान उपाध्यक्ष राम बहादुर मुखिया अध्यक्षमा चयन भए भने निवर्तमान कोषाध्यक्ष भरत श्रेष्ठ उपाध्यक्षमा चयन भए । यसैगरी विमला कडायत सचिव र द्रोण बहादुर सेन कोषाध्यक्ष चयन भए । सदस्यहरूमा तुल्सीराज महर्जन, विद्या थापा, सावित्रा काफ्ले, किसु कुमारी रास्कोटी र दशराम डंगोल चयन भएका छन् ।

Similar Posts

  • Forward-Looking-Loksewa-Preparation-Class-Form-2020

    सुचना ‼ सुचना ‼ सुचना ‼ अपाङ्गता भएका व्याक्तिहरुको क्षमता अभिवृद्धि र स्वरोजगार बनाउने उदेश्यले परिलक्षित (Forward Looking) संस्था द्वारा लोक सेवा आयोग तयारी कक्षाको लागि आवेदन फारम मिति २०७६/११/२९ गते देखि २०७६/१२/१४ गते दिनको ४.०० बजे सम्म खुल्ला रहने ब्यहोरा सर्हश जानकारी गराउनुको साथै उक्त कक्षाको लागि ईच्छुक ब्याक्तिहरुबाट निबेदन आहृवान गरिन्छ । उक्त…

  • तालिमको सुनौलो अवसर

    परिलक्षित संस्था, कुपोन्डोल बाट सक्क्षम सेन्ट्रल कार्यक्रम अन्तरग क्षमता अभिबृद्घि र रोजगारीको लागी ३० दिने Digital Marketing सम्बन्धी तालिम, काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको लागी संचालन गरीने भएको हुँदा इच्छुक तथा अति आवश्यक भएका व्यक्तिहरुले निम्न ठेगानामा आवेदन दिन सकिनेछ। आवश्यक कागजपत्रः निवेदन, अपाङ्गता परिचय, C.V । आवेदन सुरु हुने मिति — ९ चैत, २०८०  …

  • प्रदेशस्तरीय अपाङ्गताका नीति नियमका बिषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न, सुदूरपश्चिम प्रदेश

    मिति २०८०/०६/२४ गतेका दिन परिलक्षित सस्थाको आर्थिक सहयोगमा राष्ट्रिय अपांग महासंघ नेपाल शुदुर पश्चिम प्रदेशको आयोजना र राष्ट्रिय मानव अधिकार आयोग शुदुर पश्चिम प्रदेशको समन्वय सहकार्यमा आयोजित शुदुर पश्चिम प्रदेश सरकारले बनायका नीति नियन कानुनहरुको अपांगता समावेशी दृष्टिकोण बाट अध्यायन गरी सोको आधारमा कानुनको पुनरावलोकन तथा सरोकारवालाहरु संग अन्तर संबाद कार्यक्रम आन्तरिक मामिला तथा कानुन…

  • Forward Looking Computer Training Training Notice 2020

    Computer Training कम्पीयूटर तालिम सुरुहुने बारे सुचना ‼ सुचना ‼ सुचना परिलक्षित संस्थाद्धारा संचालन गरिदै आईरहेको क्षमता अभिवृद्धि र स्वरोजगार मुलक Computer तालिम लिन इच्छुक शारिरीक र बहिरा अपाङ्गता भएका व्यत्तिहरुलाई Computer सिक्नको लागि आवेदन फाराम यहिँ मिति : २०७६/११/२१ गते देखि २०७६/११/२९ सम्म खुला गराइएको जानकारी गराउँदछौँ । यो सुचना संग सम्बन्धित क्रियाकलापहरु, छनोट…

  • Notice for Social Audit (Surkhet and Kailali)

               आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !! फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका ) र कैलाली जिल्ला (धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका / गौरीगंगा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, परियोजनाको सामाजिक लेखा परीक्षण गर्नुपर्ने…

  • |

    सूचना !      सूचना !!         सूचना !!!                  

    परिलक्षित सस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका) र कैलाली जिल्लाको (धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका ) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्नुपर्ने भएकोले इच्छुक स्थानीय एफ. एम रेडियो र मिडिया हाउसहरुले  सूचना…