Image

गुर्भाकोटमा परिलक्षित संस्थाको प्रभावकारी अभियान, अपाङ्गता भएका व्यक्तिहरुको लागि आशाको किरण

परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरेको शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिकामा अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न गरेको छ।

फेल्म नेपालको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा गुर्भाकोटका विभिन्न वडामा रहेका विद्यालय, व्यवसाय र अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे स्थलगत अध्ययन गरिएको हो। अनुगमन टोलीको नेतृत्व गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले गर्नुभएको थियो। टोलीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विक, योजना तथा अनुगमन शाखा, पशुपन्छी विकास शाखा, महिला–बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखहरू, पत्रकार र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

परिलक्षित संस्थाको आर्थिक सहयोगमा गुर्भाकोट नगरपालिका–१३ गुमीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अपाङ्गता मैत्री शौचालय निर्माण गरिएको छ। सात लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त शौचालय विशेष गरी बहिरा र अन्य शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको सहज पहुँचका लागि निर्माण गरिएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह ठकुरीका अनुसार, “शौचालय निर्माणपछि विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई ठूलो सहजता पुगेको छ। यसले विद्यालयमै उनीहरूको आत्मविश्वास र अध्ययनमा सुधार ल्याएको छ,” उहाँले बताउनुभयो।

Img 20251013 wa0026

ठकुरीका अनुसार, परिलक्षित संस्थाको सहयोगले विद्यालयमा पठन–पाठनको वातावरण अझ सशक्त बनेको छ। विद्यालयले अझै पनि अपाङ्गता भएका विद्यार्थीहरूको लागि अतिरिक्त सहयोगको अपेक्षा राखेको जानकारी उहाँले दिनुभयो।

यसैबीच, परिलक्षित संस्थाको २० हजार रुपैयाँ सहयोगमा धनमाया घर्तीले सुरु गर्नुभएको बङ्गुर पालन व्यवसाय अहिले सफलता हासिल गरिरहेको छ। घर्तीले संस्थाको सहयोगमा सुरु गरेको व्यवसायबाट अहिले तीनवटा ठूला बङ्गुर तयार पारेकी छन्। “अपाङ्गता भएपछि घरमै बस्नुपर्थ्यो, तर संस्थाको सहयोगले अहिले आत्मनिर्भर हुन थालेकी छु,” घर्तीले बताइन्। उहाँका अनुसार, अब यो व्यवसायबाट आम्दानी गर्ने चरण सुरु भएको छ।

त्यस्तै, गुर्भाकोटकै एक अन्य लाभग्राहीले संस्थाको सहयोगमा केक व्यवसाय सिक्दै आइरहेका छन्। परिलक्षित संस्थाले उनलाई मासिक ८ हजार रुपैयाँका दरले सहयोग गरिरहेको छ। यसरी सिपमूलक तालिम र आर्थिक सहयोगले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर जीवनतर्फ अघि बढ्न प्रेरित बनाएको छ।

संस्थाले विभिन्न वडामा अपाङ्गता भएका व्यक्तिहरूलाई व्यवसायिक तरकारी खेती, किराना पसल सञ्चालन, बंगुरपालन र सीपमूलक तालिम मार्फत आय–आर्जनमा जोड दिइरहेको छ। यसले समुदायमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयवासीहरूले बताएका छन्।

अनुगमनपछि आयोजित समीक्षात्मक बैठकमा उपप्रमुख मैना विकको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको प्रभावकारिता र आगामी योजनाबारे छलफल गरेको थियो। बैठकमा विकले भनिन्, “परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको हक हितमा गरेको काम प्रशंसनीय छ। यस्तो सहयोगले स्थानीय सरकारको दायित्वलाई थप सघाएको छ। आगामी दिनमा पालिका र संस्थाबीचको सहकार्य अझ मजबुत बनाइनेछ।”

Img 20251013 wa0012

उहाँका अनुसार, गुर्भाकोट नगरपालिकाले यस वर्ष अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। “सरकारले गर्नुपर्ने धेरै काम संस्थाले गर्दै आएको छ,” उहाँले थप गर्नुभयो, “अब हामी पनि नीति र कार्यक्रमका माध्यमबाट अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौं।” यसरी परिलक्षित संस्थाद्वारा सञ्चालन भइरहेको शैक्षिक तथा सिपमूलक सहयोग कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा ठोस प्रभाव पारेको देखिन्छ। आत्मनिर्भरता र आत्मसम्मानको बाटोमा उभिन सहयोग पुगेको भन्दै सहभागीहरूले संस्थालाई आभार व्यक्त गरेका छन्।

यो समाचार खबरइरा अनलाईन बाट लिएको हो ।

Similar Posts

  • Relief Materials Support by Forward Looking

    Forward Looking has supported Relief Materials  in the working areas in year 2021 to Combat with Covid-19 pandemic. The relief materials were Rice, Dal, Cooking Oil, Face Mask, Salt, Sanitary materials including Soap, sanitizer, Tooth pest. More Than 800 Persons with Disability were benefited by the Relief Materials. The distribution was conducted with the close…

  • Notice for Social Audit (Surkhet and Kailali)

               आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !! फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्था द्वारा यस सुर्खेत जिल्ला ( बिरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका ) र कैलाली जिल्ला (धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका / गौरीगंगा नगरपालिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको लागि  शैक्षिक सहयोग कार्यक्रम संचालन गरिरहेको छ उक्त परियोजना अन्तर्गत, परियोजनाको सामाजिक लेखा परीक्षण गर्नुपर्ने…

  • Welcome and Best of Luck Program

    FELM-Nepal Country Director, Mr. Juha Valta, has visited Forward Looking office at Kupondo, Lalitpur on 15th July 2021. During the visit, Forward Looking organized welcome and congratulation event. Similarly, there was introduction and sharing program between Forward Looking staffs. On that occasion, we discussed regarding the progress of program supported by FELM-Nepal and the effect…

  • Forward-Looking-Loksewa-Preparation-Class-Form-2020

    सुचना ‼ सुचना ‼ सुचना ‼ अपाङ्गता भएका व्याक्तिहरुको क्षमता अभिवृद्धि र स्वरोजगार बनाउने उदेश्यले परिलक्षित (Forward Looking) संस्था द्वारा लोक सेवा आयोग तयारी कक्षाको लागि आवेदन फारम मिति २०७६/११/२९ गते देखि २०७६/१२/१४ गते दिनको ४.०० बजे सम्म खुल्ला रहने ब्यहोरा सर्हश जानकारी गराउनुको साथै उक्त कक्षाको लागि ईच्छुक ब्याक्तिहरुबाट निबेदन आहृवान गरिन्छ । उक्त…

  • Forward Looking organized welcome program to the newly recruited staff

    26 Feb, 2020, Lalitpur: Forward Looking has organized Welcome Program to the newly recruited two staff: Mr. Ramu G.C. (EPP program Coordinator) and Ms. Ruku Bohara (Admin and Finance Officer) at Forward Looking today. During the welcome program, there were presented Forward Looking executive director, other staff and executive advisor of Forward Looking Mr. Raju…