भेरिगंगा नगरपालिका परियोजना सल्लाहाकार समितिबाट परिलक्षित संस्थाले संचालन गरेको कार्यक्रमको अनुगमन
फेल्म नेपालको आर्थिक सहयोगमा, परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोराको नेतृत्वमा भेरिगंगा नगरपालिका मा अनुगमन तथा मुलायांकन गरिएको छ।
जस अन्तर्गत भेरिगंगा-६ का नबिन बि.क ले परिलक्षित बाट ३ महिने मोवाईल मर्मत तालिम प्राप्त गरि पसल संचालन गरेका र हाल राम्रो आन्दामी भएको बताएका थिए, भेरिगंगा -९ का खर्क बहादुर कामि, टेक बहादुर ओर,ले बाख्रापालन, भेरिगंगा-९ ठुलो जात्री कि सुस्मा परिवारले ले सिलाई कटाई तालिम सिक्दै गरेको र भेरिगंगा-९ कि मैसरा बि.क. ले किराना पसल संचालन अनुगमन गरिएको छ भने भेरिगंगा नगरपालिका स्थित श्री शिखर मा. बि रामघाट सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बालबालिकाहरुको लागि बेड- बिस्तार सहयोग र राउण्ड टेबल जस्ता गतिबिधिको अनुगमन गरिएको छ। त्यसैगरि भेरिगंगा नगरपालिका वाड न.९, को कार्यालयमा परिलक्षित द्वारा संचालित परियोजना अन्तर्गत कार्यगत क्षमता अभिबृधि गर्नको लागि ओ जे टि तालिम गरिरहदा विभिन्न प्रकारका निबेदन, सिफारिस लेखन जस्ता काम सिकिरहेको बताए।
उक्त अनुगमनमा भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेल, शिक्षा शाखा प्रमुख, योजना तथा अनुगमन शाखा, पशुपन्छी विकास शाखा, महिला-बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिक शाखा प्रमुख, तथा अन्य सामाजिक सस्था र पत्रकारहरु सहभागी हुनुभएको थियो।
अनुगमन पछि भेरिगंगा नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा भेरिगंगा नगरपालिकाको उप-प्रमुख धनसरा बोहोराको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र आगामी दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न र सकिन्छ भने सहयोग रकम बृदि गर्न सल्लाह दिनुभएको छ।