आवश्यकता !!    आवश्यकता !!   आवश्यकता !!

परिलक्षित सस्था ग्रैह्र् सरकारी, ग्रैह्र् राजनीतिक तथा ग्रैह्र् नाफामुलक राष्ट्रिय स्तरको सस्था हो। यस सस्थाले अपाङ्गता भएका ब्यक्तिहरु, दलित, महिला, जनजाती तथा अति सीमान्तकृत ब्यक्तिहरुका लागि शैक्षिक सहयोग कार्यक्रम, शसक्तिकरण, क्षमता अभिबृद्धी र आय-आर्जनकार्यक्रम संचालन गर्दै आइरहेको छ।

 यस पाल्पा जिल्लाको (रामपुर र तानसेन नगरपालिका, रम्भा र तिनाउ गाँउपलिका) मा अपाङ्गता भएका ब्यक्तिहरुको  जिबीकोपार्जन सुधार परियोजना कार्यक्रम संचालनको लागि एक जना सामाजिक परिचालक आवश्यकता भएको हुदा निम्न योग्यता र कार्य अनुभब भएको ब्यक्तिहरुले यथासीघ्र सम्पर्कको लागि अनुरोध गरिन्छ।

न्युनतम योग्यता:

मान्यता प्राप्त शिक्षण सस्थाबाट कुनै पनि बिषयमा +२ पास गरि २ बर्षको कार्य अनुभब।

आबेदन पेश गर्ने प्रक्रिया :

माथि उल्लेखित बिबरण पुरा भएको आवेदककर्ताले निम्न ठेगानामा आफ्नो ब्यक्तिगत विवरण, निबेदन पत्र, नागरिकताको फोटोकपी र कार्य अनुभब पत्र पेश गर्नुहोला। info@flooking.org.np/ surya@flooking.org.np , फोन न. ०१-५०१०७३०/ ५०१०५२३

अपाङ्गता भएका ब्यक्ति र महिला निवेदकलाई प्राथमिकता दिईनेछ।  

आवेदन दिने अन्तिम मिति : २०८०-१२-०८

कार्य स्थान: पाल्पा जिल्लाको (रामपुर र तानसेन नगरपालिका, रम्भा र तिनाउ गाँउपलिका) को कुनै पनि स्थान

Similar Posts