Zeal to Touch the Summit साहसले छोएको टाकुरा

Zeal to Touch the Summit

Rabina Paudel

Written by Ms. Rabina Poudel
Published on: Feb 6, 2018 @ 11:10

 

This is a story about a blind man named Chetra Pratap Thapa, who has become a source of inspiration for the people who have misconception about the blind people. Chetra Pratap Thapa is the third son of Lila Maya Thapa and Lil Bahadur Thapa. He was born in 2043/12/29 BS , Dailekh district ward no.7. Dailekh is a remote area of western Nepal.

Chetra Pratap ThapaHe was not blind by birth but became blind, when he was a little child. But he doesn’t remember images of the world he saw in those days. A small incident of his childhood changed his entire life. It happened one day when his mother was bathing him. A lot of soap foam entered his eyes he was troubled by this foam for some time. Gradually, due to infection he partially lost his eyesight. Lack of education and awareness in his society is one of much reason behind the health problems. His family was also compelled to follow the trend of the society of seeing fake/ religious doctor. He didn’t get hospital treatment till then.

In 2049/12/13 he was taken for an eye operation in his hometown hospital by some of his relatives.  Even though his family was going through some financial crisis they took initiation for the operation. After the operation he couldn’t continue his medication so he became fully blind. He lost his sight. As he grew up he faced a lot of problems learning things and adjusting in the society. He was always inspired by people who were education. His zeal to study never backed off. He attended a public school in his village. He went to school and enjoyed hearing teachers teach. By this time his mother passed out. His father a daily wage worker paid for his studies.

He passed his SLC ,too. Other students would be written while his would be oral. He was keen to study and knew he was capable doing great. But he was always troubled by financial issues. Where there a will theres a way, he was looking for some help. To continue his studies, he came to know about forward looking through one of his friends and continued his further studies,+2 level.  He passed this level with good marks. He even continued his Bachelors level. At this point of time he met a physically disabled woman, Parbati Shresth. Within few months after they met they got married. He became a father by the time he finished his bachelors. They moved to Kathmandu with his father to earn a living.

Chetra Pratap even did his masters degree in education. He has become a well established successful man. Chetra pratap is willing to work to support the blind people and those little blind children. He is inspired by the work of forward looking. He wants to become and is a source of inspiration to all. He is very happy with his life.

साहसले छोएको टाकुरा        

लेखिका–रविना पौडेल

दैवले कहिले काँही कति दुःख दिनेगरि खेल्छ, त्यसका बारेमा सामान्य मानिसले कहिल्यै सोच्नै सक्दैन । यस्तै दैविक खेल वा कर्मको लेखा लेखियो क्षेत्रप्रताप थापाको जीवनमा उनले आफ्नो बाल्यकालदेखि नै अनेक थरि दुःख भोग्दै आउनु प¥यो । तर जति दुःख र पिडाले घेरे पनि उनले आफ्नो हिम्मतलाई कहिलै पाखा लगाएनन् । उनले सधैं हिम्मत देखाउँदै आए । त्यसैको परिणति हो उनले पाएको शिक्षादीक्षा ।

क्षेत्रप्रताप थापा आमा ललीमाया थापा र पिता लीलबहादुर थापाका तेस्रो सन्तान हुन् । उनको जन्म २०४३ सालको चैत २१ गते दैलेख जिल्लाको लालीकाँडा गाविस वडा न.ं ७ उगाडा भन्ने ठाउँमा भएको हो । बाल्यकालमा उनको दृष्टि सही थियो । तर उमेरले गर्दा त्यसबेला देखिएका दृश्यहरु उनको सम्झनामा छैनन् ।

उनका अनुसार उनी जन्मिदा सामान्य अवस्थाको थिए । एक दिनको कुरा हो । उनकी आमाले उनीलाई नुहाइदिन लाग्दा साबुनको गाज (फिज) उनको आँखामा पस्यो । त्यसले गर्दा आँखामा असर प¥यो । यदि त्यसैबेला उनले शहरमा आएर आँखा अस्पताल पुगेर उपचार  गरेको भए सायद हेर्नसक्थे होलान् । तर त्यसो भएन । उनी भन्छन् र्, मेरो गाँउका ब्यतिmहरुमा अशिक्षा र चेतनाको कमीले मलाई अस्पतालभन्दा धामीझाक्रीलाई हेराउन मेरो परिवारका व्यतिm व्यस्त हुनुभएछ । जसले गर्दा ममा झनै दीनदशा लाग्न पुग्यो । गाँउमा स्वास्थ्य सेवाको कमिले गर्दा होला, म दृष्टिबिहिन हुन पुगे । मेरो दृष्टिविहीनताको एउटा कारण यो हो । ‘

वास्तवमा उनको परिवारमा आर्थिक अभावमा थियो । यसैले गर्दा स्थानिय धामिझाक्रीको उपचार पद्दतिमा उनको समयखेर गयो । यो कुरा उनी आफै स्वीकार्छन् । उनि भन्छन, ‘मेरा कोहि शिक्षित आफन्त भएका कारणले पनि होला , २०४९ साल चैत १३ गते अमेरिकी डाक्टरद्धमरा दैलेख सदरमुकाममा, मेरो आँखाको अपरेसन गरियो । त्यसपछि मेले आँखाले देख्न थालेँ । भनिन्छ, नि मान्छेलाई प्रकृतिले जे दिइको हुन्छ, त्यही चिज भोग्नु पर्छ । अपरेसनपछि मैले औषधि नियमितरुपमा सेवन नगर्नाले करिब ६ महिनापछि पुनः दृष्टिबिहीन हुनपुगेँ ।‘

तर दृष्टिबिहिन भएपनि उनले आफ्नो जीवनमा संघर्ष गर्न कहिल्यै छाडेनन् । जीवनलाई सार्थक मोडतिर डोयाउन उनी दत्तचित्त भई अगाडि बडे । यसै मेसोमा उनले आफनो गाउँमा स्थापित पार्वती प्राथमिक स्कुलमा पडाइ गर्न थाले । दृष्टिबिहीनहरु पढ्ने स्कुलमा भने उनले पढ्न पाएनन् । तथापि उनको अध्ययन सुरु भयो । उ्नी सात वर्षको हुँदा आमा वितिन् । पिताले उनलाई ज्यालादारी काम गरेर भएपनि पढाउन सुरु गरे । यसरी निरन्तर पढ्दै जाँदा उनले पढाएको कुरा राम्ररी बुझ्दै गए । उनी भन्छन, अक्षर नचिने पनि सरहरुले पढाएको कुरा छिटो बुझ्ने भएकाले म कक्षामा  कहिल्यै फेल भइन । सरासर पास हुदै गएँ । साथीहरुको परिक्षा लिखित हुन्थ्यो भने मेरो मौखिक हुन्थ्यो । यसरी २०६४ सालको एस.एल.सी. परीक्षामा दोस्रो श्रेणीमा पास भएँ।‘

त्यसपछि उनी उच्च शिक्षा प्राप्तिका लागि भौतारि रहेको अवस्ता थियो । त्यसै क्रममा उनले आफ्ना साथीमार्फत परिलक्षित संस्थाको नाम सुने र काठमाडौँ आई सानोठिमी शिक्षा क्याम्पसमा कक्षा ११ मा भर्ना भए । त्यसै अवधिमा परिलक्षित संस्थामा छात्रवृति खुलेको हुनाले फारम भरेर उनले आफ्नो पढाइलाई अघि बढाए । थापा भन्नुहुन्छ, ‘सोहि परोपकारि संस्थाका कारण मैले २०६५ सालबाट छात्रवृत्ति पाएँ । मिहिनेतका साथ अध्ययन् गर्नाले प्लस टु प्रथम श्रेणीमा पास गरेँ ।

क्षेत्रप्रताप थापाले स्नातक तह पढ्न थाले । त्यसै समयमा एकजना साथिर्माफत तनहुँ जिल्लाकी पार्वती श्रेष्ठसँगको भेट भयो । पार्वती पनि दृष्टिबिहीन हुन् । यी दुईको भेटको ३÷४ महिनामै यी दुवैले विवाह गरे । तर विवाह भएर पनि उनले पढाइलाई निरन्तरता दिइनै रहे । २०७२ सालमा उनले स्नातक तह दोस्रो श्रेणीमा पास गरेँ । त्यतिबेलासम्म उनी पिता भइसकेका थिए ।

उनी भन्दै थिए, ‘दिदीको पनि बिहे भएपछि घरमा बुवा एक्लै हुनुभएको र यहाँ मेरो छोरालाई पनि हेर्नुपर्ने भएकाले बुबासँगै हामी सानोठिमी भक्तपुरमै कोठा लिएर बसेका छौँ । अध्ययन्को क्रमलाई अघि बढाउँदै उनले २०७३ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा एम.एड.मूल नेपाली विषय लिएर पढ्न थाले । उनी भन्छन्, ‘अध्ययनका लागि परिलक्षित संस्थाकै निरन्तर छात्रवृत्ति का साथै शैक्षिक सामग्री सहयोग मिलिरहेको छ । यसैले मलाई पढाईतिर डो¥याइरहेको छ । ‘

क्षेत्रप्रतापको भविष्यको योजना भनेको असल शिक्षक बन्नु नै हो । समाज सेवामा उनको रुचि छ । जसरी आफूजस्तै अपाङ्गता भएका व्यत्तिलाई परिलक्षित संस्थाबाट शिक्षाको उज्यालो देखाउने काम भयो त्यस्तै उनको इच्छा अपाङ्गता भएको व्यात्तिहरुको बच्चाहरुलाई सहयोग गर्ने रहेको छ । उनी भन्छन्, ‘यस संस्थाले अपाङ्गतासम्बन्धी कामलाई युगौँयुगसम्म निरन्तरता दिइरहोस् । संस्था विश्वमा परिचित होस् ।

 

Forward Looking © 2015 : Designed and Developed by Bishnu Prasad Ghimire : Co-operated by Baburam Neupane