STRUGGLE IS LIFE संघर्ष हो जीवन

STRUGGLE IS LIFE

Written by: Sarita NepaliSarita
Published: Feb 14, 2018 @ 13:33

We are bound to go with what has been written in our fate. None can change his or her fate. Likewise Toyakumar BK also faced his fate. Toya Kumar never let the ups and downs of life influence his lifestyle and his goal. His willingness to struggle made him who he is today. Days and nights of struggle made his life fruitful.

Toya Kumar is the sixth child of Hira devi Bk and Sharbajit B.k who was born in 1989 in the most beautiful part of western Nepal, Palpa. Palpa is known for its traditional Nepali clothing and some clay work. He was fully unable to see since birth. For him the world was pitch black. His society was really backward in terms of education and development. People hardly knew about medical treatment, few people were educated at that time. None came up with the idea to treat his eyes in the hospital.

He had his siblings and neighborhood friends who attended school, he wasn’t able to go to the school. He always thought of what it would be like if he too was able to go to school and study. Even though we are born with defects and disabilities, we are always gifted by God with some talent. God gifts us with what we can’t think of. Toya Kumar was gifted with a mesmerizing voice. He sang so well that whenever he sang all eyes were on him. Most of the times he used to visToyaion himself becoming a famous singer.

It became his life goal. Life took a new path when Toya Kumar became 12years, his family became known about some kind of medical treatment regarding his eyes. His father Sharbajit took him to a hospital a little far away from his home. There he got his eyes treated by a doctor. The doctor suggested for an operation, they agreed to do so. Toya Kumar and his family were hopeful about their sons life after hearing about the operation. But their hopes partially went down in vain. THhe operation became successful only for an eye and not both of his eyes. He was compelled to face this bitter truth regarding his life. Even though he was not able to see the world as we do , he became happy because he was able to see a dim world with one of his eyes. He thanks God for this blessing in his life.

After this he became a low visioned guy. Four years later after his operation and after several attempts he was finally able to join the local school. But his problem was not done yet.  He had this problem of low vision and he could hardly read textbooks. Again he had to learn how to operate braille. He learned to use Braille and joined grade 5 eventually. He worked hard and he passed SLC examination in first division.

After being done with his SLC he became worried about his further studies and career. His family was in no condition to support him financially. He wanted to study so badly that he began searching for help. Then he came to know about a solution. One of his friend introduced him to Forward Looking and his problem solved in a blink of an eye. He was helped by this organization financially. Through FL he even got chance to take RJ training and got a job. His life took its climax when he became a RJ. He began singing on air live and his recorded songs from his released album. He became famous and his childhood dream flourished so fast. He then got the chance to learn some musical instruments. He also moved to the capital to flourish his career. Since then he has been working as a singer in a restaurant in Kathmandu.

He is very grateful to forward looking for all the help and support given. He also says that all the credit of his success goes to FL as they helped him achieve his goal. His dream is to be a national singer. He wants to help and support many like him in his futher life. Through his life experience he wants to convey a message that lif is full of struggle and if we struggle, succes is ours.

संघर्ष हो जीवन

लेखिकाः सरिता नेपाली

भाग्य लेख्ने भावीले नै लेखिदिएपछि नभोगि सुख नै छैन ।  त्यसैले त लेखिदियो भावीले तोयाकुमार वि.क को जीवनमा उनले बाल्यकालदेखि नै हण्डर र ठक्कर खादै जानु भनेर । भाविले लेखेअनुसार उनले जति ठक्कर खाए पनि आफ्नो मनोबल कहिल्यै कमजोर नबनाई संघर्षबाट पछि हटेनन् । आत्मविश्वासका साथ लडिरहे, अगाडी बढीरहे । त्यसैको प्रतिफल उनलाई आज  मिलेको सफलता ।

तोयकुमार वि.क आमा हिरादेवी विक र बुबा सर्वजित विकका छैटौँ सन्तानका रुपमा २०४६ साल असार २९ गते जन्मेका हुन् । नेपालकै सुन्दर ठाउँ पाल्पा जिल्लाको तत्कालीन सिलुवा गाविस वडा न. ९ गुनडाँडा उनको जन्मथलो हो । उनले यस धर्तीमा पाईला टेक्दा नै उनको आँखामा संसारको उज्यालो हेर्ने प्रकाश थिएन् । उनी दृष्टिविहीन भएर जन्मे । तोया कुमारका लागि संसारमा उज्यालो थिएन । संसार अन्धकार थियो । उनी दृष्टिबिहिन भएपनि उनका बालसखाहरु थिए । ती बालसखाहरु स्कुल जान थाले । उनको चाहिँ अन्धकारको जीवनभित्र रुमलिनुबाहेक अर्को विकल्प थिएन । उनी स्कुल जान पाएनन् ।

तोयाकुमार आफ्जो बाल्यकाल सम्झन्छन्, म सोच्ने गर्थे, यो संसार कस्तो होला देख्न पाए हुन्थ्यो भन्ने कल्पना गर्थे, पढ्न लेख्न पाउनु त धेरै परको कुरा थियो । ’

हुन त परमेश्वरले मानवलाई जिउनका लागि एक एक प्रतिभा दिएको हुन्छ भन्ने विश्वास गरिन्छ । परमेश्वरले कसैलाई पनि गरीखान नसक्ने बेसहारा छोड्दैन भन्ने विश्वास रहिआएको छ । परमेश्वरमे त्यस्तै एउटा प्रतिभा दिए तोयाकुमारलाई । उनी सानैदेखी आफ्ना  भावना  गीतर्माफत मिठो श्वरमा सबैलाई सुनाउँथे । कहिले काहिँ उनी अन्धकार संसामा आफ्नो औचित्य देख्दैन थिए । फेरी तुरुन्तै आफुलाई समाल्थे ।

तोयाकुमार जुन गाउँमा जन्मे, हुर्के त्यो गाउँ विकासको हिसाबले पछाडि र विकट थियो । आफन्त र गाउँघरका मानिसहरु शिक्षित थिएनन् । उनको आँखाको उपचार छ कि भनेर कसैले सोचेनन् । उनले यो संसारको उज्यालो देख्न पो सक्छन् कि भन्नेतिर कसैको ध्यान गएन ।

तोयाकुमारको उमेर १२ वर्ष भएको थियो । २०५८ सालको कुरा हो । आँखाको उपचार हुन्छ, शल्यक्रियापछि देख्न सक्ने हुनसक्छ भन्ने कुरा उनको परिवारमा थाहा भयो । एक दिन उनका बुवाले उनलाई तानसेन आँखा अस्पताल पु¥याए । डाक्टरहरुले जाँचेर दुवै आँखाको शल्यक्रिया गरिदिए ।

त्यो पनि भाविकै लेखा होला । तोयाकुमारको शल्यक्रिया पुरा सफल भएन । उनको एउटा आँखाको शल्यक्रिया आशिंक सफल भयो । उनले एउटा आँखा थोरै उज्यालो देख्न सक्ने भयो । उनी भन्छन्, ‘भाग्यमा नै नलेखे पछि कसको के लाग्छ ! भाग्यमा भएजति पाएँ, थोरै देख्न सक्ने भएँ, दुवै आँखाले यो संसार हेर्ने रहर पुरा भएन, थोरै उज्यालो पनि मेरा लागि वरदान भयो ।’ आँखामा थोरै भएपनि ज्योति प्राप्त भएपछि तोयाकुमारलाई पढ्न सक्छु भन्ने हिम्मत आयो । त्यहि हिम्मतले उनी २०६२ साल वैशाखमा पाल्पाकै दमकडा उच्च माविमा भर्ना भए । त्यहाँ छात्रावासको पनि व्यवस्था भएकाले त्यहीँ बसेर पढ्ने अवसर पाए ।

पढाई त सुरु भयो तर उनको आखाले किताबका अक्षर ठम्याउन सकेनन् । अक्षर लेख्ने पनि सजिलो भएन । उनले ब्रेललिपि सिक्नु पर्ने भयो । त्यसैअनुसार ब्रेललिपि सिके अनि कक्षा पाँचमा भर्ना भए उनको पढाई सुरु भयो । उनको हिम्मतले काम ग-यो । २०६८ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

एसएलसी पछि छात्रवासमा बस्ने व्यवस्था नहँुदा र घरको आर्थिक अवस्था कमजोर हुँदा उनको पढाईमा बाधा पुग्यो । फेरि जीवनमा धक्का लाग्यो तर उनले हार मानेनन् । केहि उपाए छ कि भनेर खोजीमा लागे । साथिर्माफत ‘परिलक्षित’ भन्ने संस्थाले छात्रावृत्ति दिन्छ भन्ने थाहा पाए । साथिबाट पाएको जानकारिले काम ग¥यो । उनले छापावृत्ति पाए । भाडाको कोठामा बसेर पढाइ सुरु भयो । उनले दुई वर्ष यसरि पढे ।

यहि समयमा उनले २०६९ सालमा परिलक्षितकै आयोजनामा सात दिनको रेडियो उद्घोषण तालिम पाए । तालिमपछि रेडियो पश्चिमाञ्चलमा काम पाए । रेडियोमा उनको आवाज गुञ्जिन थाल्यो । उनले २०७० सालमा आफ्नै आवाजमा गीत गाएर एउटा एल्बम निकाले । उनी गायक भए । परिलक्षितले उनलाई बाजा सिक्ने अवसर पनि जुराईदियो । यसपछि तोयाकुमार अवसर खोज्दै काठमाडौँ आए । दुई वर्षदेखि उनी काठमाडौँ कै एउटा रेष्टुरेन्टमा गायकका रुपमा काम गर्दैछन् । तोयाकुमारलाई पढाई र व्यावसायिक सीप सिक्ने अवसर जुराइदिने संस्था परिलक्षितप्रति उनी आभारी छन् । भन्छन्, ‘परिलक्षितलाई धेरै धन्यवाद, मैले देखेका सपनामा परिलक्षितले धेरै सहयोग गरेको छ, मेरो जीवनमा परिलक्षितको ठुलो हात छ ।’

उनले आफ्नो केहि लक्ष निधार्ण गरेका छन् । भन्छन्, म आफुजस्ता अपाङ्गता भएका व्यक्तिलाई शिक्षमा सहयोग गर्न चाहान्छु, म आफु राष्ट्रिय कलाकार बन्न चाहान्छु ।’ उनले संघर्षमै जीवनको सार्थकता देखेका छन् । संघर्ष उनको जीवनको पर्याय हो ।

Forward Looking © 2015 : Designed and Developed by Bishnu Prasad Ghimire : Co-operated by Baburam Neupane